२०७८,असार,४,शुक्रवार

एसबीसँगको सहकार्यमा मेगा बैंकले शुरु गर्‍यो ऋण अटोमेसन प्रणाली


काठमाडौं । मेगा बैंक लिमिटेडले एसबी सोलुसन प्रा.लिसँग सहकार्य गरेर क्रेडिट एक्स नामक ऋण अटोमेसन प्रणालीलाई लाइभ गरेको छ ।

यसले अनलाइन ऋण आवेदन, इन्टर्नल ऋण वर्कफ्लो, जोखिम मूल्याकंन, ऋण स्वीकृतिलाई स्वायत्त र डिजिटाइज गर्ने गर्दछ । मेगा बैंक लिमिटेडका प्रमुख व्यवसाय अधिकारी अमित श्रेष्ठ र एसबी सोलुसनका अध्यक्ष विपुल ढकालले आ–आफ्नो संस्थाको तर्फबाट सम्झौतामा हस्ताक्षर गरेका छन् ।

क्रेडिट–एक्स (ऋण अटोमेसन प्रणाली) को थालनीसँगै, बैंकहरूले पूर्ण रूपमा कागज निर्भर ऋण कार्यप्रवाह गर्न सक्षम हुनेछन् ।

यसले प्रणालीभित्र जोखिम प्यारामिटरहरूको अनुगमन गरेर ऋण लिएका ग्राहकहरूसँग सम्बन्धित जोखिम न्यूनीकरण गर्नलाई पनि सहयोग पर्‍याउने बताइएको छ । यो नयाँ तरिकले बैंकलाई द्रुत गतिमा ऋण प्रक्रिया पूरा गर्न मद्दत गर्ने विश्वास लिएको बैंकले जनाएको छ । प्रणालीले जमानत र गैर जमानत बेस लोन पनि प्रोसेस गर्ने गर्दछ ।

ऋण स्वचालन प्रणाली अन्तर्राष्ट्रिय मापदण्ड अन्र्तगत रहेको रेटिङको दृष्टिकोणमा निर्माण गरिएको छ । यो स्वायत्त सिस्टम, प्रणालीले संचालित ग्राहकको उद्देश्य मूल्यांकनका साथसाथै विषयगत प्यारामिटरहरूको मानकीकरणको रुपमा पनि रहेको छ ।

यस नयाँ प्रणाली कार्यान्वयन भएसाथै, बैंक र अन्तका उपभोक्ताहरूले प्रशोधन र स्वीकृति प्रक्रियाको टर्न अराउन्ड समयमा ५० प्रतिशत भन्दा बढी कटौतीको अनुमानित लाभ लिन पाउनेछन् । थप रूपमा, बैंकले एसबी सल्युसनले निर्माण गरेको अनलाइन ऋण योग्यता सेवा पनि सुचारु गर्दैछ, जसले ग्राहकहरूलाई अनलाइन ऋण योग्यता जाँच गर्न र बैंकले प्रस्ताव गरेको अनलाइन पोर्टल मार्फत कुनै पनि ऋण प्रडक्टको लागि आवेदन दिन सहयोग पु¥याउँछ ।

मेगा बैंक नेपाल, राष्ट्र बैंकबाट क वर्गको इजाजत प्राप्त संस्था हो । यस संस्थाले एक मजबुत र भरपर्दो बैंकको रूपमा स्थापित गर्ने प्रतिबद्धता लिएको छ । मेगा बैंकले हालै नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त “ख“ वर्गको गण्डकी विकास बैंक लिमिटेडलाई आफ्नो संस्था गाभेको छ । मेगा बैंक लिमिटेडको लगभग ८ लाख भन्दा बढि ग्राहक रहेका छन् र देशभरि १८० भन्दा बढि शाखाहरु रहेका छन् ।

त्यस्तै एसबीले हालसालै डिजी हब प्रा.लि. सँग पनि आफ्नो संस्था गाभेको छ । डिजी हब प्रा.लि (गैर आवासीय नेपाली) ल्च्ल् ग्रुप द्वारा पदोन्नति गरिएको संस्था हो र यसले APIMS, 1 Link, Credit-X जस्ता विस्तृत प्रडक्ट तथा प्रक्रियालाई डिजिटलाइजेसन तथा अटोमेसन गर्ने र विभिन्न बैकिङ प्रणालीलाई सहज बनाउने सिस्टमहरुको विकास गरिरहेको छ ।

प्रकाशित मिति: २०७८,जेष्ठ,२५,मंगलवार २०:२०


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले बाढी पीडितको राहत तथा पुनःस्थापनाको लागि ५० लाख रुपैयाँको कोष सञ्चालन गरेको छ । नगरपालिकाले

काठमाडौं । एनएमबि बैंकले सबै वर्गलाई समेटने गरि निक्षेप कर्ताहरुलाई सहजता प्रदान गर्नका लागि बढी ब्याज प्रदान गर्ने प्रावधान अघि

काठमाडौं । नेपाली बजारमा केहिदिन यता सुनचाँदीको मूल्य निरन्तर घटिरहेको छ । बिहीवार तोलामा एकैदिन १ हजार १ सयले गिरावट

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान)ले वास्तविक अवस्थाको ख्याल नै नगरी नेपाल धितोपत्र बोर्डले विभिन्न जलविद्युत् कम्पनीको शेयर