बिमा समितिले स्वीकृती दिएसँगै सूर्या लाईफ इन्स्योरेन्सको सीईओमा खड्का नियुक्त

लोकपथ
702
Shares

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पवनकुमार खड्का नियुक्त भएका छन्।

मंगलवार (आज) बीमा समितिले खड्कालाई सिईओ नियुक्तीको चिठ्ठी दिएसँगै उनले जिम्मेवारी पाएका हुन्। कम्पनीको संचालक समितिले यही जेठ १३ गते खड्कालाई सीईओ नियुक्तीको लागी बीमा समिति पठाएको थियो ।

यसअघि कम्पनीमा सीईओको रुपमा शिवनाथ पाण्डे रहेका थिए । उनले राजीनामा दिएपछि सञ्चालक समितिको बैठकले डेपुटी जनरल म्यानेजर खड्कालाई कार्यवाहक सीईओको जिम्मेवारी प्रदान गरेको थियो ।

कम उमेरमा नै लामो अनुभव बटुल्न सफल खड्काले बेलायतबाट चार्टर्ड एकान्टेण्टमा अध्ययन गरेका खड्का हुन्।

नवनियुक्त सीईओ खड्काले नेपाल लाइफ इन्स्योरेन्समा समेत काम गरिसकेका छन् ।

यसैगरी खड्कासँग बीमा, उत्पादन तथा प्रशोधन, हाइड्रो, शिक्षा, अडिटिङ, फाइनान्सियल कन्सल्टिङ लगायतका क्षेत्रमा १५ वर्ष भन्दा लामो अनुभव रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?