शेयर बजार ५३ अंकले वृद्धि

काठमाडौं । मंगलवार (आज) शेयर बजार ५३.४४ अंकले बढ्दा सूचक २९६०.१४ अंकमा पुगेको छ ।

मंगलवार बजारमा २१८ कम्पनीका १६ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज ३ करोड ५७ लाख ३७४ कित्ता शेयर किनबेच भएको छ । त्यस्तै, आज १ लाख ४९ हजार ७०८ पटक कारोबार भएको छ ।

मंगलवार बजार होटल तथा पर्यटन, लगानी र लघुवित्त बाहेक सबै उपसूचकहरुको कारोबार बढेको छ ।
बीमा, विकास बैंकका साथै वाणिज्य बैंक समूहको कारोबार राम्रो हुँदा बजारलाई माथि उठ्न सहयोग पुगेको हो ।

आज विकास बैंक समूह ६६८ अंकले बढेको छ । यो सबै समूहको भन्दा बढी कारोबार हो । आज नारायणी डेभलपमेन्ट, कर्पोरेट र ज्योति विकास बैंकको संस्थापक सेयरको मूल्य घटेको छ । बाँकी सबैको बढेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?