मुख्यमन्त्री भट्टलाई बधाई दिँदै भीम रावलले भने- ‘सबैले नैतिकताको पाठ उहाँबाट सिकून्’

लोकपथ
119
Shares

काठमाडौं । नेकपा एमालेका नेता भीम बहादुर रावलले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई बधाई दिएका छन् ।

नेता रावलले मंगलवार विपक्षी समेतको विश्वासको मत प्राप्त गरि आफ्नो सत्ता जोगाएका मुख्यमन्त्री भट्टराई सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् ।

जेठ २१ गते विश्वासको मत प्राप्त गर्नका लागि कुरा उठेर २५ गते नै विश्वासको मत प्राप्त गर्न सफल भएकोप्रति प्रशंसा समेत गरेका छन् ।
साथै पार्टीको विधि विधान र पद्धती मिच्नेहले मुख्यमन्त्री भट्टबाट राजनीतिक नैतिकताको शिक्षा सिक्नका लागि समेत आग्रह गरेका छन् ।

उनले भने- ‘सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मत लिनुपर्ने कुरा जेठ २१ गते उठेपछि जेठ २५ गते नै विश्वासको मत लिने प्रस्ताव गरी सभाको विश्वास प्राप्त गर्नुभएकोमा मुख्यमन्त्री त्रिलोचन भट्टजीलाई हार्दिक बधाई! विधि, विधान र पद्धति मिच्नेहरूले उहाँबाट राजनीतिक नैतिकताको केही शिक्षा लिने कि ?’

आज मुख्यमन्त्री भट्टले उनको दल माओवादी केन्द्र र एमालेले समेत उनलाई विश्वासको मत दिएको थियो । भने प्रतिपक्षी कांगेस भने तटस्थ बस्ने निर्णय गरेको थियो । कुल ५२ मध्ये ५१ सांसद उपस्थित रहेका थिए । जसमध्ये मुख्यमन्त्री भट्टको पक्षमा ३० र विपक्षमा ९ मत परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?