२२ जेष्ठ २०८०, सोमवार

बिपी राजमार्गमा नियम उलंघन गरी चलाइएका सवारीसाधन कारबाहीमा

२०७४,आश्विन,२१,शनिवार ०७:४४

0
Shares

धुलिखेल, २१ असोज ।काभ्रेपलाञ्चोकको धुलिखेल–सिन्धुली–बर्दिबास सडकखण्डको बिपी राजमार्गमा चल्ने अधिकांश सवारीसाधनलाई नियम उलंघन गरी चलाएको भन्दै यातायात व्यवस्था विभागको टोलीले कारबाही गरेको छ ।शुक्रबार विभागको टोलीले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाको काभ्रेभञ्ज्याङमा गरिएको अनुगमनमा उक्त राजमार्ग भएर चल्ने अधिकांश सवारीसाधनले यात्रुसँग तोकिएको दरभन्दा बढी भाडा असुल्ने, रुट परमिट नै नभएका गाडी चलाउने र १८ सिट क्षमता र १० टनभन्दा बढीको सवारीसाधन चलाउन नपाइने व्यवस्थालाई उलंघन गरी ठूला यात्रुबाहक बस चलेको पाइएको जनाएको छ । त्यसरी नियम उलंघन गर्ने सवारीसाधनलाई कारबाही गरी आवश्यक कागजातसमेत नियन्त्रणमा लिइएको छ ।अनुगमनको क्रममा टोलीले मालबाहक गाडीमा मान्छे ओसारेका सवारीसाधनलाई समेत कारबाही गरेको छ ।बढी भाडा लिएको विषयमा अधिकांश सवारी चालकले भने आफूहरुले भन्दा पनि काउण्टरबाट नै त्यसरी बढी भाडा लिएर टिकट कटाउने गरेको बताए ।सो राजमार्ग भएर पूर्वको १५ जिल्लासँगै तराईका सात वटा जिल्लालाई राजधानीसँग जोड्न नजिकको मार्गका रुपमा विकसित भएको बिपी राजमार्गमा दशैँ आएसँगै सवारी चाप एकाएक वृद्धि भएको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,२१,शनिवार ०७:४४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । असार १ गतेदेखि काठमाडौं भित्रिने र बाहिरिने लामो दूरीका सवारी साधन नयाँ बसपार्कबाट सञ्चालन नगरे काठमाडौं महानगरपालिकाले कारवाही

राँझा । नेपालगञ्ज उपमहानगरपालिकाले यहाँ सञ्चालनमा रहेका सहकारीको अवस्था बुझ्न अनुगमन शुरु गरेको छ । नगरमा सञ्चालनमा रहेका सहकारीको अवस्था

काठमाडौं । बागमती प्रदेश सभा सांसद कृष्णकुमार तामाङ ‘समीर’ले आगलागी पीडितलाई राहत सामग्री प्रदान गरेका छन् । गत वैशाख २७

कैलाली । पूर्वाधार विकास निर्माणमा कैलालीको बर्दगोरिया अब्बल गाउँपालिकाको रुपमा परिचित हुन थालेको छ । सामाजिक, आर्थिक रुपान्तरणसँगै पूर्वाधार निर्माण

ताजा समाचार

कोरोना भाइरसको सङ्क्रमण शून्यमा
 २०८०,जेष्ठ,२१,आईतवार २२:४१