मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

लोकपथ
105
Shares

काठमाडौं । स्याङजामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । चापाकोट नगरपालिका-१० र १ जोड्ने निर्माणाधिन पुलमा काम गर्ने दाङ राप्ती गाउँपालिका-५ घर भएका २० वर्षीय शशिधर थापाको करेन्ट लागेर मृत्यु भएको हो ।

मोबाइल चार्ज गर्ने क्रममा भुइँमा रहेको तारबाट अचानक करेन्ट लाग्दा अशक्त भएका उनको चापाकोट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?