ताप्लेजुङ । पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष पुष्पबहादुर बरुवालको कोरोना सङ्क्रमणका कारण निधन भएको छ । गत वैशाखमा न्युयोर्क पुग्नुभएका बरुवालको उपचारका क्रममा गए राति उतै निधन भएको हो ।
बरुवाललाई न्युयोर्क हुँदै सङ्क्रमण देखिएको थियो । सङ्क्रमण देखिएपछि झण्डै एक महिनादेखि उपचारमा रहेका थिए । ताहाचल क्याम्पसका सहप्राध्यापकसमेत रहेका बरुवाल २०७४ साल भदौमा पाथीभरा क्षेत्र विकास समितिको अध्यक्ष बनेका थिए ।
झापा घर भएका बरुवाल गत वैशाखमा पारिवारिक भेटघाटका लागि न्युयोर्क गएका पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जानकारी दिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया