सुदूरपश्चिममा एमाले सचिव र मन्त्रीबीच विवाद

लोकपथ
224
Shares

काठमाडौं । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिव राजेन्द्र रावल र प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीबीच मन्त्रालयभित्रै विवाद भई एक अर्कालाई हात हालाहाल भएको छ ।

रावल र सोडारी दुवैले आफुमाथि दुव्यवहार भएको बताएका छन् । एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिव रावलले मन्त्री सोडारीले उनको कार्यकक्षभित्रै आफूलाई हातपात गरेको बताएका छन् भने यता मन्त्री सोडारीको सचिवालयले पनि मन्त्रीको कार्यकक्षमा पसि दुव्र्यवहार गरेको बताएको छ ।

मन्त्री सोडारीका स्वकीय सचिव ललितबहादुर बोहराले प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश सचिव रावलले मन्त्री सोडारीलाई अभद्र व्यवहार गरेको उल्लेख गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘कञ्चनपुर जिल्ला बस्ने क. राजेन्द्र रावलले मन्त्रीज्यूको कार्यकक्षमा प्रवेश गरी प्रदेश सभाको विषयमा कुरा गर्दै अभद्र व्यवहार गरेकोप्रति सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘कुनै विषयमा मन्त्री ज्यूसँग कुरा राख्नुपर्ने भएमा छलफलका माध्यम हुँदाहुँदै गुण्डागर्दी शैली अपनाउनु प्रदेश सभा र प्रदेश सरकारको अपमान महसुस भएको छ।’

मन्त्री सोडारी माधव नेपाल पक्षका नेता हुन् भने रावल केपी शर्मा ओली पक्षका नेता हुन् । सुदूरपश्चिममा यि दुई समूहविच बेला बेलामा विवाद उत्पन्न भइरहने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?