काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले माओवादी केन्द्र विघटनको घोषणा गर्न मात्र बाँकी रहेको बताएका छन् ।
सोमवार एक विज्ञप्ति जारी गर्दै रायमाझीले आफु माओवादीमा फर्किन लागेको भन्ने भ्रमपूर्ण समाचारहरु सम्प्रेषित भएको भन्दै आफु माओवादीमा नफर्किने स्पष्ट पारेका छन् । उनले माओवादी अध्यक्ष प्रचण्डमा रहेका कुर्सी मोह (पदलोलुपता), परिवारवाद एवं भ्रष्ट आचरणका कारण प्रचण्ड राजनीतिक एवं वैचारिक रुपमा नै विचलित भएको पनि बताएका छन् । उनले भने, ‘क. प्रचण्डमा रहेका कुर्सी मोह (पदलोलुपता), अस्थिरता, परिवारवाद एवं भ्रष्ट आचरणका कारण उहाँ राजनीतिक एवं वैचारिक रुपमा नै विचलित भई सिङ्गो पार्टीलाई विघटन एवं विसर्जनको दिशामा अगाडि बढाउदै कांग्रेस सभापतिको शरणामा पुगेको स्थिति छ।’
रायमाझीले नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा एवं विकासका लागी केपी ओलीको नेतृत्वमा रहेको कम्युनिष्ट पार्टीसँग एकता र सहकार्यको प्रक्रियामा नै रहेको बताएका छन् । उनले भनेका छन्, ‘सुशासनसहितको स्थिरतामार्फत मुलकमा दिगो÷चौतर्फी विकास एवं समृद्धि तथा नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा एवं विकासका लागि अहिले हामी क. केपी ओलीको नेतृत्वमा रहेको कम्युनिष्ट पार्टीसँग एकता र सहकार्यको प्रक्रियामा नै रहेकोले औपचारिक रुपमा विघटनको घोषणा गर्न मात्र बाँकी रहेको माओवादी केन्द्रको आयू बढाउन गरिएका यी र यस्ता भ्रम एवं षड्यन्त्रपूर्ण झांसामा नआउन सम्पूर्ण आदरणीय देशभक्त एवं प्रगतिशील महानुभावहरु/जनसमुदायमा हार्दिक अनुरोध/अपिल छ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया