२०७८,असार,४,शुक्रवार

तार बिना चार्ज गर्न मिल्ने आइप्याड बजारमा आउँदै


वासिङ्टन। विश्वकै अग्रणी सूचना प्रविधि कम्पनी एप्पलले तार बिना चार्ज गर्न मिल्ने आइप्याड चाडै नै बजारमा ल्याउने जनाएको छ ।

अहिले नयाँ विषेशता सहितको आइप्याड परीक्षणकै क्रममा रहेकाले अर्को बर्षसम्ममा बजारमा आउने कम्पनीले जनाएको छ । तार बिना चार्ज हुने ट्याब्लेट प्लग लगाएर चार्ज गर्ने ट्यावलेटभन्दा बढी टिकाउ हुनेपनि कम्पनीका अधिकारीहरुले जनाएका छन् । चार्जर विना चार्ज गर्न मिल्ने आइप्याडमा अन्य नयाँ विषेशताहरु पनि थप्ने तयारी भइरहेको उनीहरुको भनाइ छ ।

विना तार चार्ज गर्न मिल्ले डिभाइस एप्पलकै अन्य डिभाइज चार्ज गर्न पनि मिल्ने बताइएको छ । एउटै डिभाइसले आइप्याड वा आइफोनलाई पनि चार्ज गर्न मिल्ने उनीहरुले दावी गरेका छन् । तार विना पनि चार्ज गर्न मिल्ने भएपछि त्यसको प्रयोग धेरै सजिलो हुने र लोकप्रिय पनि हुने देखिएको छ ।

प्लगबाट चार्ज गर्नुपर्ने मोवाइलहरु चार्जका लागि विद्युतको लाइन भएकै ठाउँमा राख्नु पर्ने बाध्यताले भएका कतिपय कठिनाइ अव हट्ने भएको छ ।

प्रकाशित मिति: २०७८,जेष्ठ,२४,सोमवार २२:०९


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । विश्वभरी लोकप्रिय सामाजिक सञ्जाल फेसबुकमा नयाँ विषेशता थप्ने तयारी भएको छ । अडियो सामग्री बज्ने सुविधा थप्ने तयारी

काठमाडौं । नेपाली बजारमा केहिदिन यता सुनचाँदीको मूल्य निरन्तर घटिरहेको छ । बिहीवार तोलामा एकैदिन १ हजार १ सयले गिरावट

काठमाडौं । बिहीवार शेयर बजारमा सामान्य गिरावट आएको छ । मंगलवार धितोपत्र बोर्डले लगानी जोखिमा भएका विभिन्न ५१ वटा कम्पनीको

काठमाडौं । चीनले बिहीवार आफ्नै अन्तरिक्ष केन्द्र निर्माणका लागि तीन जना अन्तरिक्ष यात्री सहितको शेन्झाउ–१२ रकेट प्रक्षेपण गरेको छ ।