एनआरएनएबाट सरकारलाई स्वास्थ्य सामग्री सहयोग

RSS
78
Shares

काठमाडौं । गैरआवासीय नेपाली सङ्घले सरकारलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । सङ्घ बेलायत, क्यानडा, अष्ट्रेलिया र चीनले यहाँ आज भर्चुअल माध्यमबाट हस्तान्तरण कार्यक्रम आयोजना गरी अक्सिजनका ४८३ कन्सन्टे«ेटरलगायत स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गरे ।

सो अवसरमा मन्त्री तामाङले सरकार जतिसक्दो चाँडो सबै नेपालीलाई कोरोना खोप उपलब्ध गराउने तयारीमा रहेको जानकारी दिए । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले कोरोना खोपका लागि बेलायत सरकारसँग अनुरोध भइरहेको र छिट्टै नेपाललाई कोरोना खोप उपलब्ध हुने विश्वास दिलाए ।

सङ्घ बेलायतका अध्यक्ष पुनम गुरुङले ९३ गैरआवासीय सङ्घ र ४४ व्यक्तिका आर्थिक सहयोगमा नेपालमा स्वास्थ्य सामग्री पु¥याउन सफल भएको जानकारी दिए । अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष कुमार पन्तले आफूहरुले नेपाल पठाएका स्वास्थ्य सामग्री आवश्यकताका आधारमा लक्षित स्थानसम्म पु¥याउन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?