हेर्नुहोस् आजका टप १५ हेडलाइन्स् (भिडियोसहित)

लोकपथ
112
Shares

१. कोरोनाबाट बितेको २४ घण्टामा ९२ जनाको मृत्यु, थपिए ४ हजार ४ सय ७२ संक्रमित, ६ हजार ९ सय ५१ जना संक्रमणमुक्त

२. ओलीले आइतबार प्रस्तुत गरेको ६ बुँदे प्रस्तावको लिखित जवाफ दिने नेता नेपाल पक्षको तयारी, बुँदाबुँदामा खण्डन गर्नेगरी लिखित जवाफ पठाउने

३. मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चमा पाँच वटा रिट दर्ता, प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संविधानको धारा नै उल्लेख नगरिएको दाबी

४. नागरिकको जीवन रक्षा आफ्नो पहिलो प्राथमिकता भएको स्वास्थ्यमन्त्री तामाङको भनाई, आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने

५. प्रधानमन्त्री ओलीले आफ्ना कारण नेकपाको एकता असफल भएको भन्नु झुट र भ्रामक भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भनाई, ओलीको भनाइ षड्यन्त्रपूर्ण रहेको दाबी

६.भारतबाट कोभिसिल्ड खोप नआउने भएपछि अष्ट्राजेनेकाकै अरू खोप लगाउने सरकारको तयारी, १२ हप्तापछि पनि खोप लगाउन मिल्ने भन्दै पहिलो डोज लगाएकालाई धैर्यता गरिदिन मन्त्रालयको आग्रह

७. नेपालको कुल पुरुष जनसंख्यामा ६१ प्रतिशत भन्दा बढी र महिला जनसंख्यामा झण्डै २२ प्रतिशतले धुमपान गर्ने गरेको अध्ययनले देखायो, सुर्तीजन्य पदार्थ सेवनका कारण विश्वभर वार्षिक ८० लाख मानिसको मृत्यु हुने गरेको डब्लुएचओको भनाई

८. काठमाडौं महानगरभित्र ६० देखि ६४ वर्ष उमेर समूहलाई भोलिदेखि कोरोना खोप लगाइने, यसअघि खोप लगाइएकै केन्द्रबाट भ्याक्सीन लगाउन ललितपुर महानगरपालिकाको अनुरोध

९. रौतहटको गरुडा नगरपालिका–२ मा भएको विवाहमा बाजा बन्द गराउन गएका प्रहरीमाथि ढुंगामुढा, डीएसपीसहित ७ जना घाइते, ३ जना पक्राउ

१०. कानूनले रोक लगाएका सामग्री सामाजिक सञ्जालमा नराख्न साइबर ब्यूरोको अनुरोध, कानूनको अज्ञानता क्षम्य नहुने भन्दै कारवाही गरिने चेतावनी

११. प्रदेश २ मा नयाँ सत्ता साझेदारीको गृहकार्य, कांग्रेसले तीन र माओवादीले दुई मन्त्रालय माग्यो

१२. कोरोना संक्रमणमुक्त भएर अस्पतालबाट डिस्चार्ज भएको वा आईसोलेसनबाट निस्किएको ४ हप्ताको अवधिमा स्वास्थ्यमा समस्या देखिए सचेत हुन चिकित्सकको सुझाव, डिप्रेसनसँग मिल्दोजुल्दो लक्षण देखा परे तत्काल अस्पताल जान अनुरोध

१३. राउटे युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा दोमनबहादुर घर्ती, भूपेन्द्र बुढा र होटल संचालक विनोद पुनविरुद्ध किटानी जाहेरी, प्रहरीले तीनैजनालाई पक्राउ गरी अनुसन्धान थाल्यो

१४. विदेशी चलचित्र हेरेआँखामा पट्टी, अवैध भिडियो राखे मृत्युदण्ड दिने उत्तर कोरियाको नयाँ कानून आयो, विदेशी पहिरन समेत लगाउन नपाउने

१५. फिफा विश्वकप २०२२ तथा एसिया कप २०२३ को दोस्रो चरणको छनोट खेल अन्तर्गत आज नेपालले ।जोर्डनसँग प्रतिस्पर्धा गर्दै, बदला लिने दाउमा नेपाल

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?