पाँच दिनमा एक लाख जेष्ठ नागरिकलाई खोप दिने लक्ष्य राखेका छौँ : मेयर शाक्य

लोकपथ
140
Shares

काठमाडौं । मंगलवारदेखि जेष्ठ नागरिकलाई चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा दिइने भएको छ । ६० वर्षदेखि ६४ वर्ष उमेर समुहका जेष्ठ नागरिकलाई मंगलबारदेखि कोरोना भाईरसविरुद्धको खोप दिइने भएको हो ।

मंगलवारदेखि सञ्चालन हुने खोप अभियान २९ गतेसम्म पाँचदिन चल्ने र भिडभाड कम गराउनको लागि हरेक दिन फरक फरक उमेरका जेष्ठ नागरिकलाई खोप दिइने प्रवन्ध मिलाइएको उनले जानकारी काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बताए । पाँच दिनमा एक लाख जेष्ठ नागरिकलाई खोप दिने लक्ष्य राखिएको उनले बताए ।

काठमाडौं महानगरपालिकाले खोपको लागि ३२ वटा खोप केन्द्र तोकीसकेको र नजिकैको खोप केन्द्रमा गएर लगाउन सकिने प्रमुख शाक्यले बताए । जेष्ठ नागरिकसँगै आउने परिवारका अर्को जेष्ठ सदस्य भए उनलाई पनि पालो नहेरीकन खोप लगाउन सहजीकरण गरिने पनि उनले जानकारी दिए । २६ गते ६३ वर्षका, २७ गते ६२ वर्षका, २८ गते ६१ वर्षका र २९ गते ६० वर्ष उमेरका व्यक्तिलाई खोप दिइने महानगरपालिकाले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?