काठमाडौं । विपक्षी गठबन्धनका शीर्ष तीन नेताबीच छलफल जारी छ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले नेता माधव नेपालबीच समसामयिक राजनीति र प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावका विषयमा छलफल भईरहेको हो ।
उनीहरुबीच प्रदेश-२ को मन्त्रिपरिषद् पुनर्गठन र प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताका लागि गरेको ६ बुँदे प्रस्तावबारे छलफल भइरहेको स्रोतले बताएको छ।
यसैबीच, नेकपा एमालेको माधवकुमार नेपाल-झलनाथ खनाल पक्षले अध्यक्ष केपी शर्मा ओलीबाट इमान्दारीपूर्वक पार्टी एकताको प्रस्ताव नआएको निष्कर्ष निकालेका छन् । सोमवार बसेको नेपाल-खनाल पक्षको स्थायी कमिटी बैठक बसेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया