ओलीको प्रस्ताव इमान्दारीतापूर्वक नआएको नेपाल-खनाल पक्षको निष्कर्ष

लोकपथ
98
Shares

काठमाडौं–नेकपा एमालेको माधवकुमार नेपाल-झलनाथ खनाल पक्षले अध्यक्ष केपी शर्मा ओलीबाट इमान्दारीपूर्वक पार्टी एकताको प्रस्ताव नआएको निष्कर्ष निकालेको छ ।

सोमवार बसेको नेपाल -खनाल पक्षको स्थायी कमिटी बैठकले अध्यक्ष ओलीले अगाडि सारेको ६ बुँदे प्रस्ताव इमान्दारीपूर्वक नआएको निष्कर्ष निकालेको हो । ओलीले पार्टी एकताका लागि आब्हन गर्दे आइतवार ६ बुँदे प्रस्ताव अघि सारेका थिए ।

त्यसैबारे छलफल गर्न नेपाल –खनाल पक्षको स्थायी कमिटी बैठक सोमवार बसेको हो । ओलीले पार्टीलाई ३ जेठ २०७५ पूर्वको अवस्थाबाट अघि बढाउन तयार रहेको भन्दै आफूलाई हटाएर विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा परेको रिटबाट एमाले सांसदहरुको हस्ताक्षर फिर्ता लिन प्रस्ताव गरेका छन् ।

तर ओलीको उक्त प्रस्ताव पार्टी एकताको निम्ति इमान्दारीपूर्वक नआएको नेपाल–खनाल पक्षका नेताहरुको बुझाइ रहेको छ । नेपाल–खनाल पक्षले पनि यस अघि पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव अघि सारेका थिए र तर ओलीले त्यसलाई समबोधन नगरेका नेपाल– खनाल पक्षका एक नेताले बताए ।

गत वैशाख २५ मा नेपाल–खनाल पक्षले पार्टी एकताका लागि ६ बुँदे प्रस्तावसहित अध्यक्ष ओलीलाई पत्र पठाएको थियो । सोमवारको बैठकले नेपाल–खनाल पक्षका सांसदले देउवाको पक्षमा गरेको हस्ताक्षर फिर्ता नलिने निर्णय गरेको एक नेताले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?