काठमाडौं । लोपोन्मुख राउटे समुदायको बस्तीमा अब नेपाल प्रहरीले निगरानी गर्ने भएको छ । पछिल्लो समय राउटे बस्तीमा असुरक्षा बढेको भन्दै जिल्ला प्रशासन कार्यालयल सुर्खेतले गैरराउटे कुनै पनि व्यक्तिलाई राउटे समुदायको बस्तीमा प्रवेश गर्नमा प्रतिबन्ध लगाएको छ ।
बस्तीमा कसैलाई आउजाउ गर्न नदिने उद्देश्यले २२ जना प्रहरी खटाइएको जिल्ला प्हरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्ती मगरले बताए । फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदाय हाल सुर्खेतको गुर्भाकोट नगरपालिका–११ आँपसोतीस्थित भेरी नदी किनारमा बस्दै आएका छन् ।
केही दिनअघि राउटे युवतीलाई मदिरा सेवन गराएर होटलमा लगी यौन दुर्व्यवहार भएको घटना बाहिरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया