काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार साँझ बोलाएका मन्त्रिपरिषद्को बैठक भर्चुअल माध्ययमबाट बस्ने भएको छ । ओलीले शुक्रवार मन्त्रिपरिषद् विस्तार गरेपछिको यो पहिलो मन्त्रिपरिषद्को बैठक हो ।
भर्चुअल माध्ययमबाट मन्त्रिपरिषद्को बैठक तय भएको एक मन्त्रीले जानकारी दिए ।
आज बस्ने मन्त्रिपरिषद् बैठकले नवनियुक्त मन्त्रीलाई निर्देशनसहित केही निर्णय लिने र आजकै बैठकमा सरकारको प्रवक्ता तोक्ने सम्भावना रहेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया