२०७८,असार,४,शुक्रवार

डिप्रेसन भएको व्यक्तिलाई कसरी उपचार गर्ने (भिडियो सहित)


‘साइलेन्ट किलर’ पनि भनिने डिप्रेसन अहिले युवा पुस्तामा अत्यधिक देखिन थालेको विभिन्न सर्भेक्षणहरुले देखाउने गरेको छ ।

युवा पुस्तामा बढेको बेरोजगारी, सोचे अनुसारको सफलता नपाउनु, घरायसी कलह, विभिन्न किसिमका लागू पदार्थको सेवन जस्ता विभिन्न कुराले डिप्रेसन बढाउने गरेको मनो चिकित्सक बत्ताउँछन् । अहिले कोरोना सङ्क्रमण बढ्दै गएपछि कोरोना सर्छ कि ? यसले मलाई पनि मार्छ कि ? भन्ने जस्ता विभिन्न किसिमका डरहरू बढ्न थालेपछि डिप्रेसनका बिमारीहरूको सङ्ख्या झनै बढ्दै गएको छ ।

डिप्रेसनमा पुगेका व्यक्तिहरूले अन्तिम विकल्पको रूपमा आत्महत्या समेत अङ्गाल्ने हुनाले पनि उनीहरूलाई प्रारम्भिक चरणमै उपचारमा संलग्न गर्न सकेमा उनीहरूलाई बचाउन सकिने मनो चिकित्सकहरू बत्ताउँछन् । घरका कुनै व्यक्तिलाई डिप्रेसन भएको घरका अरू सदस्यहरूले उसको हौसला बढाउने देखि उपचारमा संलग्न गर्न सकेमा उनीहरूलाई सामान्य अवस्थामा फर्काउन सकिने चिकित्सकहरू बत्ताउँछन् ।

डिप्रेसन किन हुन्छ ? डिप्रेसन भएमा के के गर्ने ? डिप्रेसनका बिमारीहरूलाई सामान्य अवस्थामा फर्काउन के के गर्नु पर्छ भन्ने विषयमा नेपाल मेडिकल कलेजको आवासीय चिकित्सक डा. अज्वनी रिमालले दिनु भएको जानकारीको भिडियो ।

 

प्रकाशित मिति: २०७८,जेष्ठ,२४,सोमवार १५:१६


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

दाँतको सुरक्षा बाल्यावस्था देखिनै गराउन सकेमा भविष्यसम्म समस्या नआउने चिकित्सक बताउँछन् । बालबालिकाले गुलियो खानेकुरा मन पराएर अत्यधिक खाइदिँदा मात्र

रगत सम्बन्धी मानिसमा धेरै किसिमको विश्वास रहेको छ । आम मानिसमा रगत प्रति रहेको यो विश्वासलाई विज्ञानको अनुसन्धानले पुष्टि गर्न

हामीले नियमित रूपमा खाना खाइरहेका हुन्छौँ । हामीले यसरी खाने गरेको खानामा विभिन्न किसिमका पौष्टिक तत्त्व पनि हुन्छन् । तर

अधिकांश मोटो व्यक्तिहरूको खानेकुरामा धेरै रुचि रहन्छ । उनीहरूको मनले ‘धेरै मोटाइयो अब खाना कम गरौँ’ भन्ने नै हुन्छ ।

हजुर अब पत्रकार नै बन्नुस् !
 २०७८,असार,४,शुक्रवार १८:२५