काठमाडौं । राजकुमार ह्यारीकी पत्नी मेघनले दोस्रो सन्तानलाई जन्म दिएकी छिन् । बेलायतको राजपरिवार त्यागेर अमेरिकामा बसोबास गरिरहेकी मेघनले क्यालिफोर्नियास्थित एक अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् ।
मेघनले क्यालिफोर्नियाको सान्ता बार्बरा कटेज हस्पिटलमा छोरीलाई शुक्रवार बिहान ११: ४० बजे जन्म दिएकी ह्यारीले जारी गरेको वक्तव्यमा उल्लेख छ । अहिले आमा र बच्चा दुबैको स्वास्थ्य अवस्था राम्रो रहेको छ ।
छोरीको नाम “लिलिबेट डायना माउन्टबेटन–विन्डसर” राखिएको छ । बेलायतकी महारानी एलिजाबेथलाई राजप्रासादभित्र “लिलि” उपनामले बोलाइने गरिन्छ । ह्यारी र मेघनले पनि छोरीको नाम ह्यारीकी हजुरआमा एलिजाबेथ द्वितीया र आमा डायनाको नाम जोडेर लिलिबेट डायना राखेका हुन् ।
लिली अब बेलायती राजगद्दीकी आठौं उत्तराधिकारी बनेकी छिन् ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया