३ कार्तिक २०७८, बुधबार

पाल्पा बुटवल सडक स्तरोन्नती नहुँदा यात्रुलाई सास्ती

२०७४,आश्विन,२१,शनिवार ०७:१४


रामपुर, पाल्पा, २१ असोज ।पाल्पा बुटवल सडकखण्डको स्तरोन्नति हुन नसक्दा वर्षेनी यात्रु र गाडी चालकले ठुलो सास्ती खेप्नु परेको छ ।सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने यस सडकखण्डमा जोखिमपूर्ण रुपमा यात्रा गर्न यात्रु बाध्य भएका छन् । उत्तर दक्षिण जोड्ने एकमात्र सडक सिद्धार्थ राजमार्ग भएर यहाँ दैनिक सयौँको संख्यामा सवारीसाधन गुड्ने गर्छन् ।यस सडकखण्डमा पर्ने दोभानदेखि सिद्धबाबा मन्दिरसम्म सडक माथिबाट झर्ने ठूलाठूला चट्टान र पहिरोका कारणले यात्रु र चालकले वर्षौंदेखि जोखिमपूर्ण यात्रा गर्दै आइरहेका छन् ।सडक स्तरोन्नतिका लागि नेपाल सरकारले वर्षेनी करोडौँ रुपैयाँ खर्चिदै आए पनि सडकको अवस्थामा सुधार आउन सकिरहेको छैन । आजभन्दा झण्डै चार दशक अगाडि निर्माण भएको यस सडकमा करोडौँ रुपैयाँ सडक मर्मत तथा पुनःनिर्माण एवं स्तरोन्नतिका लागि खर्च भइसकेको छ ।पछिल्लो समय दिनानुदिन सवारीसाधनको संख्या बढ्दै जाँदा पनि सडकको अवस्था बिग्रँदै गएको हो, सडक डिभिजन कार्यालयका इञ्जिनियर पवित्रमणी आचार्यले भने – सडक स्तरोन्नतिका लागि काम भइरहेको छ ।सडकमाथिबाट चट्टानसहितको ढुंगा खसिरहदा एक हप्तादेखि यो सडक छिनमै खुल्ने छिनमै बन्द हुने भइरहेको छ । गन्तव्यमा निस्केका यात्रु घण्टौँसम्म बीच बाटोमै अलपत्र अवस्थामा बस्न बाध्य छन् ।नारायणगढ मुग्लिङ सडकखण्डमा यातायात नियमित सुचारु नहुँदा पनि यसै सडकखण्डअन्तर्गत भएर पूर्वदेखि पश्चिमसम्मका लागि दिनहुँ ठूलो संख्यामा सवारीसाधन आवतजावत गर्ने गर्दा पनि सडकको अवस्था निकै दयनीय बन्दै गएको छ । काठमाडौँसँग जोडिने वैकल्पिक मार्ग भएकाले पनि यसको स्तरोन्नति गर्नसके यात्रुले सहजरुपमा यात्रा गर्ने पाउने छन् । 

प्रकाशित मिति: २०७४,आश्विन,२१,शनिवार ०७:१४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

काठमाडौं । राउन्ड टेबल इन्टरनेसनलमा पहिलो पटक राउण्ड टेबल नेपालका जयन्त अग्रवाल उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । अग्रवालले राउन्ड

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

ताजा समाचार