काठमाडौं । आफ्नो मुलुकलाई विदेशी प्रभाव मुक्त गर्ने भन्दै उत्तर कोरियाले विभिन्न कानून ल्याएको छ ।
उत्तर कोरियाले विदेशी प्रभाव पर्ने कुनै पनि गतिविधि गर्न नपाईने तथा विदेशी भाषाको चलचित्र हेर्न र विदेशी पहिरन समेत लगाउन नपाउने गरी नयाँ कानून ल्याएको हो ।
नयाँ कानुन आएसँगै अव उत्तर कोरियामा विदेशी चलचित्रमा प्रतिबन्ध लाग्ने बताइएको छ । उत्तर कोरियाली शासक किम जोङ उन प्रशासनको सो निर्णयको आलोचना भने गरिएको छ । तर किम प्रशासन आफ्नो निर्णयबाट पछि हट्ने संकेत नरहेको बताइएको छ ।
विदेशी चलचित्र सम्बन्धी अवैध भिडियो राखे वा तस्करी भए मृत्युदण्ड सम्मको सजाय हुन सक्ने उत्तर प्रावधान नयाँ कानुनमा छ । आजको आधुनिक जमानामा उत्तर कोरियाका सर्वसाधरण नागरिकलाई टेलिभिजन हेर्नमा लागेको प्रतिबन्ध र केही क्षेत्रमा स्वदेशी च्यानल मात्रै हेर्नुपर्ने व्यवस्था गरिएपछि उत्तर कोरियाली जनताको दैनिकी कल्पना भन्दा बाहिर भएको बीबीसीले जनाएको छ ।
कतिपय उत्तरकोरियाली विद्यार्थीलाइृ अरुको नक्कल गरेर कपाल काटेको भन्दै त्यसो नगर्न भनेर जरीवाना गरिएको बताइएको छ । आफ्नो देशका नागरिकले बाहिरका सूचना समेत नपाउन भनेर कडा निगरानी समेत गरिएको छ ।
विदेशी चलचित्र हेरेकालाई आँखामा पट्टी बाँध्नेदेखि अन्य शारीरिक पीडा दिईएको पनि बीबीसीले उल्लेख गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया