बेपत्ता मियाँ मृत फेला

राजविराज, ६ चैत – सप्तरीको सदरमुकाम राजविराजस्थित कल्टु पोखरीमा डुबेर बेपत्ता भएका एक पुरुष आज बिहान मृत फेला परेका छन् ।सोमबार अपराह्न राजविराज नगरपालिका–४ निवासी अन्दाजी ४५÷५० वर्षीय शाहआलम मियाँ पोखरीमा नुहाउने क्रममा बेपत्ता भएकामा दिनभरी नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तथा स्थानीयवासीले खोजी गर्दा पनि फेला पर्न सकेका थिएनन् ।पोखरीमा आज बिहान तैरिएको अवस्थामा स्थानीयवासीले मियाँलाई देखेर प्रहरीलाई खबर गरेपछि पानीबाट शव निकालिएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।मियाँ अत्याधिक मदिरा सेवन गरी नुहाउन गएको अवस्थामा डुबेको प्रहरीको अनुमान छ । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?