संवैधानिक इजलास रोकियो

लोकपथ
147
Shares

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलास आज नबस्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द शम्शेर जबरालाई सन्चो नभएपछि सर्वोच्च अदालतले संवैधानिक इजलासको पेशी सोमवारका लागि नतोकेकाले सुनुवाइ नहुने भएको हो ।

प्रधानन्यायाधीश जबरालाई सन्चो नभएको उनको सचिवालयका कर्मचारीले दिएका छन् ।

संसद विघटन सम्बन्धी मुद्दा हेर्न प्रधानन्यायाधीश जबराले आफ्नो नेतृत्वमा पाँच सदस्यीय संवैधानिक इजलास गठन गरेका छन् । इजलासमा न्यायाधीशहरु दीपक कुमार कार्की, मिरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा। आनन्दमोहन भट्टराई छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?