लाहोर । पाकिस्तान सरकारले प्रतिबन्धित दलसँग अनावश्यक र अपरिपक्क सहमति गरेको भन्दै पञ्जाब प्रहरीले असन्तुष्टी जनाएको छ ।
पाकिस्तान सरकारले प्रतिबन्धित दक्षिणपन्थी इस्लामिक दल तेहरिक ए लब्बाइक (टीएलपी) का कार्यकर्ताहरु रिहा गर्ने सहमति गरेपछि पञ्जाब प्रहरीका बरिष्ठ अधिकारीहरु असन्तुष्ट बनेका हुन् ।
टीएलपी का समर्थकहरुलाई रिहाई गरे प्रहरी बलमाथि ठुलो खतरा सिर्जना हुने समेत प्रहरि अधिकारीहरुले बताए । सरकारको यो कदमले प्रहरी बललाई निराशा बनाएको र सरकार दबाबमा आएर जस्तोसुकै निर्णय लिने सन्देश दिएको बरिष्ठ प्रहरी अधिकारीहरुले बताए । पछिल्लो समयमा मात्रै टीएलपी समर्थकको हिंसात्मक प्रदर्शनमा चार जना प्रहरीले ज्यान गुमाए भने करिब एक हजार प्रहरी घाईते भएका थिए ।
प्रदर्शनकारीमाथि कारवाही नगरेको भए सयौँ प्रहरीको ज्यान जाने खतरा रहेको पञ्जाब प्रहरीले बताएको छ । सरकारको यो निर्णयले प्रहरी बलको योगदानको अवमुल्यन भएको समेत प्रहरि अधिकारीहरुले टिप्पणी गरेका छन् । सरकारले प्रहरी बललाई राजनीतिक स्वार्थमा प्रयोग गरेको पनि उनीहरुले आरोप लगाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया