प्रेमिकासँग मिलेर पूर्व प्रेमिकाको हत्या, यसरी खुल्यो पोल

लोकपथ
777
Shares

काठमाडौं । भारतको बिहारमा अप्रिय घटना घटेको छ । राहिल नाम गरेका एक पुरुषले आफ्नो प्रेमिकासँग मिलेर पूर्व प्रेमिका सबिनाको हत्या गरेका छन् ।

सबिनाले सताइरहेको र नयाँ प्रेमिकासँगको जीवनमा हस्तक्षप गरेको भन्दै राहिलले उनको हत्या गरेका हुन् ।

 Kishanganj

राहिलले सबिनालाई भेटन बोलाएर अहिलेको प्रेमिकासँग मिलेर उनको हत्या गरे । सुनसान खेतमा बोलाएर चक्कुले सबिनाको हत्या गरे ।

सबिनाका परिवारले छोरी बेपत्ता भएपछि प्रहरीकोमा उजुरी दिएका थिए । त्यसैको केही दिन पछि प्रहरीलाई एक महिलाको शव भेट्टीएको सूचना आयो । प्रहरीले गएर हेर्दा शव उनकै थियो । प्रहरीले शव पोष्टमार्टमलाई अस्पताल पठायो ।

 Kishanganj

साथै प्रहरीले घटना बारे अन्सन्धान अगाडी बढायो । राहुल नामका ती पुरुषले हत्या गरेको हुन सक्ने आशंकामा प्रहरीले उनीसँग सोधपुछ गर्दा उनले हत्या गरेको बताएका छन् ।

 Kishanganj

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?