सुर्खेत । आजदेखि कर्णाली प्रदेशमा बजेट अधिवेशन शुरु हुँदैछ ।
आज दिउँसो २ बजे कर्णाली प्रदेश सभाको आठौं अधिवेशन बोलाइएको छ । अधिवेशनमा आर्थिक बर्ष २०७८÷०७९ को बजेट र नीति तथा कार्यक्रमको विषयमा छलफल हुने जनाइएको छ ।
आजको बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट आएको अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाउने र संसदीय दलका नेताहरुले धारणा राख्ने कार्यसूची रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया