एमाले जेठ ३ पूर्वको अवस्थामा फर्किने घोषणासँगै योगेश भट्टराईको यस्तो स्ट्याटस

लोकपथ
650
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी कमिटी र जनसंगठनहरू २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्काउने घोषणा गरेसँगै नेता योगेश कुमार भट्टराईले सो घोषणा सकारात्मक रहेको बताएका छन् । आइतवार नेता भट्टराईले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत ओलीको ६ बुँदे प्रस्ताव सकारात्मक रहेको प्रतिक्रिया दिएका हुन् ।

कार्यदल स्तरको छलफललाई यो बक्तव्यले पुन निरन्तरता दिन बाटो खुलेको नेता भट्टराईको भनाइ छ ।

उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन् -‘नेकपा एमालेका अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेकपा एमालेको एकताका लागि आज सार्वजनिक बक्तव्यमार्फत गर्नु भएको आह्वन मुलत सकारात्मक छ । कार्यदल स्तरको छलफललाई यो बक्तव्यले पुन निरन्तरता दिन बाटो खुलेको छ । पार्टीका जिम्मेवार नेता कमरेडहरु सम्मिलित कार्यदलले स्पस्ट गर्नु पर्ने र मिलाउनु पर्ने थप विषयहरुलाई समाधान गर्ने छ ।

सर्वोच्चमा बिचाराधिन बिषयमा सबै संभावनालाई ख्याल गर्दै र मुलत संबिधानको रक्षा, लोकतान्त्रिक प्रकृयाको निरन्तरता र पार्टी एकताको खातिर एउटा तार्किक निश्कर्समा पुग्नु उपयुक्त हुनेछ । सारमा अध्यक्षको बक्तव्यले पार्टीको शिर्स नेत्रित्वका बिचमा सार्थक संबाद हुनेछ र नेकपा एमालेको एकतालाई अक्षुण राख्न मद्घत पुग्ने अपेक्षा गर्दछु । हजार माईलको यात्रा पहिलो पाईलाबाट नै शुरु हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?