गत बुधवारदेखि बेपत्ता सुनमाया रुखमा झुण्डिएको अवस्थामा फेला

लोकपथ
140
Shares

काठमाडौं । गत बुधवारदेखि बेपत्ता भक्तपुरको चाँगुनारायण नगरपालिका–९, ताथली सौडोलकी ३९ वर्षीया सुनमाया न्हेम्हाफुको काभ्रेको नालाको जंगलमा झुण्डिएको अवस्थामा शव फेला परेको छ । घर नजिकैको खेतमा रोपाई गरी घर फर्केपछि खाना खाएर बाहिर निस्केकी उनी सम्पर्कबिहीन भएकी थिइन् ।

घरमा कुनै समस्या र झगडा भने नभइएको नभए पनि केही महिनादेखि डिप्रेशनको औषधि खाइरहेकी उनी हराएको केही बेरपछि परिवारले खोजी गरेका थिए । परिवारले चार दिनसम्म भक्तपुर र काभ्रेको विभिन्न ठाउँ र आफन्तकोमा खोज्दा पनि भेटिएको थिएन ।

उनको शव आज पोष्टमार्टम गरी परिवारलाई बुझाएको महानगरीय प्रहरी वृत्त जगातीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?