१. नेपालमा कोरोना संक्रमणका कारण बितेको २४ घण्टामा ९९ जनाको मृत्यु, १३ हजार ७ सय ३३ परिक्षण, ३ हजार ४७९ जना संक्रमित, ६ हजार ६३६ संक्रमणमुक्त
२. प्रतिनीधिसभा विघटनविरुद्ध परेको रिट निवेदनका विषयमा सर्वोच्च अदालतमा सुनुवाई जारी, संविधान च्यातेर सरकार न्यायालय विघटनतर्फ लागेको रिट निवेदकका कानूनविद्को जिकिर
३. राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश जारी, संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश ल्याईएको राष्ट्रपति कार्यालयको भनाई
४. प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली बाह्य शक्तिसामु लम्पसार परेको एमालेको नेपाल पक्षको आरोप, सर्वोच्चमा दिएको रिटबाट हस्ताक्षर फिर्ता नलिने प्रष्टोक्ति
५. प्रधानमन्त्री ओलीले आफूहरुको माग सम्बोधन गरेकाले सरकारमा सहभागी भएको नवनियुक्त ऊर्जामन्त्री भण्डारीको भनाई, ऊर्जा मन्त्रालयका काम कारबाही चुस्त र प्रभावकारी हिसाबले अगाडी बढाउने उद्घोष
६. गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका कृष्ण थापालाई प्रदेशसभा सदस्यको हैसियतमा कामकाज गर्न दिन सर्वोच्चको आदेश, थापालाई गरिएको कारबाही कार्यान्वयन नगर्न अन्तरिम आदेश
७. बालुवाटारस्थित ललिता निवास क्याम्प क्षेत्रभित्र पर्ने सरकारी जग्गा व्यक्तिको नाममा गर्ने ४९ जनाविरुद्ध भूमिसुधारको ताकेता, सम्बन्धित जग्गाधनीले २१ दिनभित्र जवाफ नदिए सरकारको नाममा नामसारी हुने
८. उपप्रधानमन्त्री महतोको अभिव्यक्तिविरुद्ध आठ विद्यार्थी संगठनद्वारा भर्त्सना, चौतर्फी आलोचनापछि महतोद्वारा राष्ट्रिय एकता र अखण्डताप्रति पूर्ण प्रतिबद्ध रहेको स्पष्टोक्ति
९. ढुङ्गा, गिट्टी विदेश निकासी गर्ने योजना ‘राष्ट्रघाती’ भन्दै २२ राजनीतिक संगठनले निकाले विज्ञप्ति, चुरे दोहनविरुद्ध प्रर्दशन गर्ने नेविसंघका ९ जना नेता गोंगबुबाट पक्राउ
१०. विराटनगरको बाल सुधार गृहमा फैलियो कोरोना, ५० जनाको परीक्षण गर्दा २२ जनामा संक्रमण पुष्टि
वैकल्पिक बाटो अवलम्बन गर्नुपर्ने निष्कर्ष
११ एकपटक कोरोना संक्रमण भएपछि १० महिनासम्म पुनः संक्रमण हुने जोखिम न्यून हुने एक अध्ययनले देखायो, खोप लगाएका व्यक्तिको एन्टीबडी र प्रतिरोधी क्षमताबारे अध्ययन जारी
१२. डेनमार्कले नेपाललाई १४ लाख डोज एस्ट्राजेनिका खोप दिने, खोप ल्याउन सहजीकरण गरिदिन युनिसेफलाई पत्राचार
१३. कोरोनाविरुद्धको खोप यथासक्य उपलब्ध गराईदिन नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनको माग, नपाए कुनै पनि दिन कारोबार बन्द हुनसक्ने चेतावनी
१४. नाइजेरियामा बन्दुकधारीहरुको आक्रमणमा परि ८८ जनाको मृत्यु थप घटना हुन नदिनका लागि सुरक्षा फौजले सुरक्षा सतर्कता बढायो
१५. आफ्नो टोली जोर्डनविरुद्धको खेलको लागि तयारी अवस्थामा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको भनाई, जोर्डनसँग बदला लिने नेपालको दाउ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया