गलत समाचार दिने जुनसुकै मिडियाप्रति काउन्सिल कडारूपमा प्रस्तुत हुन्छ : अध्यक्ष बस्नेत

लोकपथ
56
Shares

काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले प्रेस काउन्सिलको उद्देश्य यसको मर्यादालाई कायम राख्न आफ्नो भुमिका हुने बताएका छन् ।

आइतवार प्रेस काउन्सिलको अध्यक्षको जिम्मेवारी सम्हाल्दै संञ्चारकर्मीलाई प्रतिक्रिया दिदै अध्यक्ष बस्नेतले विगतमा प्रेस काउन्सिलको भुमिका अनुसारको काम नहुँदा प्रश्न चिन्ह उठ्ने गरेको भन्दै सञ्चारमाध्यमलाई अनुगमन गर्ने कामलाई प्रभावकारी बनाउन सके यसको उद्देश्य प्राप्ति हुने बताए ।

सञ्चारमाध्यमको प्रभावकारी अनुगमनमा काउन्सिलको पहल हुने उनको भनाई छ । उनले भने – ‘जे उद्देश्य छ हुबहु पालना गर्न सके मर्यादा आफैँ बढ्छ । प्रेस काउन्सिलले गर्ने भुमिका एकातिर सो अनुसारको काम गर्न नसक्दा बेलाबेला प्रश्नचिन्ह उठ्ने गरेका थिए ।

No description available.

सञ्चारकर्मी-सञ्चारमाध्यमले गरेका राम्रो काम के–के हुन्, गर्न नसकेका र क्षेत्राधिकार बाहिर भएका काम के–के हुन् भनेर प्रेस काउन्सिलले मनिटरिङ गर्नुपर्ने हुन्छ । मनिटरिङ गरेर त्यसलाई नदोहोर्‍याउनका लागि सचेत गराउनुपर्ने हुन्छ । यो कामलाई नै प्रभावकारी रुपमा गर्नसक्यो भने ठुलो भुमिका खेलेको हुन्छ । हाम्रो अबको पहल यसतर्फ हुन्छ ।’

प्रेस काउन्सिलले आचारसंहिता र प्रेसको मर्मको विषय बुझाउने खालको प्रशिक्षणात्मक कार्यक्रमहरु सञ्चालन गर्ने पनि उनले बताए । वर्गिकरणमा अन्यायमा परेका सञ्चारमाध्यम छन् भने तिनको रिभ्यु गर्ने पनि उनले जानकारी स्पष्ट पारे ।

सहि र गलत सुचना प्रवाह गर्ने अनलाइनलाई पहिचान गरी वर्गिकरण गरी राम्रा अनलाइनलाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराउनुपर्ने आफ्नो धारणा रहेको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?