डेनमार्कले नेपाललाई १४ लाख डोज कोरोनाविरुद्धको खोप दिने

लोकपथ
189
Shares

काठमाडौं । डेनमार्कले नेपाललाई एस्ट्राजेनेकाको १४ लाख डोज कोरोनाविरुद्धको खोप अनुदान सहयोगमा उलब्ध गराउने भएको छ । डेनमार्क सरकारले युनिसेफमार्फत नेपाललाई १४ लाख खोप उपलब्ध गराउन लागेको आपूर्ति व्यवस्थापन महाशाखाका प्रमुख डा।भिम सिंह तिंकरीले जानकारी दिए ।

डेनमार्क सरकारले पत्र पठाइसकेको आपूर्ति व्यवस्थापन महाशाखाका प्रमुख डा। तिंकरीले बताए । एस्ट्राजेनेका खोपका लागि युनिसेफलाई स्वास्थ्य सेवा विभागले पत्र पठाएको छ । युनिसेफबाट पत्रको जवाफ आउन बाँकी रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?