काठमाडौं । प्रदेश १ की सांसद विन्दिया कार्कीका छोरा रविन कार्कीलाई पक्राउ गरेको छ । गत बिहिवार राति विराटनगरको एयरपोर्ट मोडमा दुर्घटना हुँदा कार रविनले नै चलाएको प्रमाणका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख सन्तोष खड्काका अनुसार प्रत्यक्षदर्शीको वयान र घटनास्थलमा भेटिएको प्रमाणका आधारमा कार्कीलाई पक्राउ गरिएको हो ।
रविन कार्की दुर्घटनापछि फरार रहेका थिए । उनलाई प्रहरीले आज (आइतवार) दिउँसो पक्राउ गरेको हो ।
बिहीवार राति प्रदेश १ कि प्रदेशसभा सदस्य विन्दियाले प्रयोग गर्दै आएको प्रदेश ३९०१–००२ च २१३९ नम्बरको कारको ठक्करबाट भारतीय नागरिक ३५ वर्षीय मुकेश शर्माको मृत्यु भएको थियो । दुर्घटनामा मोरङको कटहरी गाउँपालिका– २ का २७ वर्षीय रामकुमार राजवंशी घाइते भएका थिए
रविनलाई आज म्याद थप गर्न अदालत लगिएको भएपनि कार्यालय समय समाप्त भएकाले भोलि म्याद थप गर्ने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया