नेकपा माओवादी केन्द्रद्वारा प्रदेश १ सरकारलाई दिएको समर्थन फिर्ता

लोकपथ
78
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेश एक सरकारलाई दिएको समर्थन आइतवार फिर्ता लिएको छ । माओवादीको प्रदेश १ सभाको संसदीय दलले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

समर्थन फिर्ताका पत्र प्रदेशसभा सचिवालयमा दर्तासमेत गराएको छ । माओवादीको पत्रमा मुख्यमन्त्री शेरधन राई संसद् र संसदीय मूल्य मान्यताप्रति अनुत्तरदायी भएको, सरकार सञ्चालनमा पूर्णरुपमा असफल भएको,कोरोना नियन्त्रण, रोकथाम र उपचारका साथै सुशासन कायम गर्न असफल रहेको उल्लेख छ ।

माओवादी केन्द्र प्रदेश एक संसदीय दलको गत चैत १६ गतेको निर्णयले संसदीय दलको नेतालाई सरकारको समर्थन फिर्ताको प्रत्यायोजित अधिकार अनुसार समर्थन फिर्ता लिएको बताइएको छ । माओवादीले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री राई अल्पमतमा परेका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?