काठमाडौं । पर्सामा हुण्डी कारोबार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
अवैध वित्तिय कारोबार (हुण्डी) गरेको अभियोगमा वीरगंज महानगरपालिका-६ बस्ने ३९ वर्षीय अमित कुमार गुप्तालाई नगद ३ लाख रुपैयाँ सहित शुक्रवार बिहान प्रहरीले पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेको ना २८ प ५७५८ नम्बरको मोटरसाईकललाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका-१६ ईनर्वा चोकमा जाँच गर्ने क्रममा शरीरमा लुकाई छिपाई ल्याएको उक्त नगदसहित फेला पारी मोटरसाइकलमा सवार उनलाई पक्राउ गरेको हो ।
उनी उपर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्वको कसूरमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया