कपिलवस्तुमा जेठ ३१ गतेसम्म निषेधाज्ञा थपियो

लोकपथ
63
Shares

कपिलवस्तु । कपिलवस्तुमा जेठ ३१ गतेसम्म निषेधाज्ञाको समय थपिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले जेठ ३१ गते सम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

जिल्लामा पछिल्लो निषेधाज्ञाको समय २४ गते राती १२ बजे सकिदैछ । कोरोना संक्रमणको दोस्रो लहर नेपालमा तीव्र गतिले फैलिरहेकाले त्यसको नियन्त्रण गर्न निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?