धनगढी-टेकसिँह धामी । नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्र दार्चुलाको तिङ्करमा खाद्यान्न सामग्रीसहित नेपाल प्रहरीको टोली खटिएको छ । दार्चुलाको व्यास गाउँपालिका–१ उत्तरी नाका तिंकरमा १३ जना नेपाल प्रहरीको टोली खटिएको हो ।
ब्याँस गाउँपालिका–१ मा पर्ने उक्त सीमा प्रहरी चौकीमा प्रहरी नायव निरीक्षक हर्कसिंह महताको नेतृत्वमा १३ जनाको प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गत मंसिरयता तिंकरको छायालेकबाट तल झरेको प्रहरीलाई हेलिकप्टरमार्फत् तिंकर पठाइएको हो । दार्चुलाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले स्थानीय सदरमुकामबाट तिङ्कर बसाइ सर्न थालेपछि उनीहरुको सुरक्षार्थ प्रहरी खटाइएको बताए । प्रहरी टोली शनिव्ँर हेलिकप्टरमार्फत तिङ्कर पुगेको छ ।
‘हेलिकप्टरमार्फत उहाँहरुलाई चाहिने खाद्यान्न, हातहतियार एवम् दैनिक बन्दोबस्तीको सामान पनि शनिबार ढुवानी गरेका छौँ’ डीएसपी भट्टले भने ।
प्रहरी टोली ६ महिनासम्म तिङ्करमै बस्नेछ । गर्मी मौसममा त्यहाँ बस्दै आएका स्थानीय वासिन्दा चिसो बढेपछि सदरमुकाम खलंगामा झर्ने गर्छन् । अहिले गर्मी मौसम भएकाले सदरमुकामबाट ब्याँस गाउँपालिका–१ को छाङरु र तिंकरका वासिन्दा गाउँ फर्किएका छन् ।
प्रहरीका अनुसार शनिव्ँरसम्म छाङरु र तिंकरका एक सय ५० परिवार सदरमुकामबाट पशु चौपाया समेत लिएर गाउँ फर्किएका छन् । व्यास गाउँपालिकाको उत्तरी नाका तिंकरमा प्रहरीको टोली खटिएको हो । हिँडेर तिंकर पुग्दा एक साता लाग्ने भएकाले हेलिकप्टरमार्फत् प्रहरी र खाद्य सामग्रीसहित त्यहाँ पठाइएको हो । तिंकरको छायालेकमा प्रहरी सई हर्क महतको नेतृत्वमा टोली खटाइएको डिएसपी भट्टले जानकारी दिए ।

‘६ महिना तिंकरमा प्रहरीको टोली बस्छ’, डिएसपी भट्टले भने, ‘हेलिकप्टरबाट प्रहरी आवश्यक सामग्रीसहित शनिबार त्यहाँ पुगेको हो । काम पनि सुरु भएको छ ।’
हेलिकप्टरमार्फत् सुरक्षाकर्मी तिंकर पठाउन जिल्ला सुरक्षा समितिले गृहमन्त्रालयलाई आग्रह गरेको थियो । मंसिर महिनामा छांगरु झरेको नेपाल प्रहरीको टोलीमाथि उक्लिन सकेको थिएन । स्थानीय गत वैशाखमा तिंकर पुगेका थिए । स्थानीय भारतीय बाटोको प्रयोग गरी तिंकर पुग्छन् । प्रहरीलाई भारतको बाटो पठाउन सकिने अवस्था नभएपछि हेलिकप्टर माग गरिएको हो ।
यस्तै सीमा प्रहरी चौकी सीतापुलमा असई प्रकाश सिंहको नेतृत्वमा टोली खटाइएको छ । सीतापुलमा यो वर्ष बाह्रै महिना प्रहरी बसेको हो । सीतापुलका लागि इन्चार्ज र थप ५ जनाको टोली पठाइएको छ । हेलिकप्टरले ८ पटक ढुवानी गरेको थियो ।
हेलिकप्टरमार्फत् प्रहरीका लागि ६ महिना पुग्ने खाद्यान्न, बन्दोबस्तीको समान पठाइएको हो । ३ हजार ८ सय मिटर उचाइमा रहेको छायालेक प्रहरी अब मंसिरमा मात्रै छांगरु झर्ने छ । छायालेकबाट ४ घण्टाको पैदल बाटोमा नेपाल चीन सीमा स्तम्भ पिलर नम्बर १ रहेको छ । छायालेक प्रहरीले तिंकर गाउँको साथै चीनसँगको सीमा क्षेत्रसम्मको जिम्मेवारी पाएको छ ।
डिआइजीको नेतृत्वमा अतिक्रमित क्षेत्र निरीक्षण :
दार्चुलाको त्रिदेशीय सीमा क्षेत्र रहेको व्यास गाउँपालिका–१ को छांगरु र तिंकरमा नेपाल प्रहरीका डिआइजी प्रकाश अधिकारी नेतृत्वको टोलीले निरीक्षण गरेको छ ।
भारतको अतिक्रमित क्षेत्र नजिकै बस्ने नेपाल प्रहरीको अहिलेको अवस्थाबारे जानकारी लिन निरीक्षण गरेको हो । सीतापुलमा प्रहरीको भवन निर्माण सुरु हुँदै छ । भवन निर्माणको अवस्था, प्रहरीले भोग्नुपरेको समस्याबारे जानकारी लिन पहिलो पटक डिआइजी अधिकारी तिंकर प्रहरी चौकी खाद्यान्नसहित पुगेका हुन् ।
व्यासको तिंकरमा बस्ने प्रहरीले जीर्ण भत्किएको भवनमा बस्नुपरेको छ । यो क्षेत्रमा दाउरा समेत पाइँदैन । प्रहरीले यो क्षेत्रमा छ महिना समेत बस्न निकै मुस्किल छ । फोन लाग्दैन ।
डिआइजी अधिकारीसँगै शनिबार व्यासको निरीक्षणका लागि दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशी, सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गणका गणपति एसपी नरेन्द्र बम, जिल्ला प्रहरी कार्यालयका डिएसपी मनोहरप्रसाद भट्ट समेत पुगेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया