विराटनगरको बाल सुधार गृहमा फैलियो कोरोना, ५० जनाको परीक्षण गर्दा २२ जनामा संक्रमण पुष्टि

लोकपथ
49
Shares

काठमाडौं । विराटनगरको बाल सुधार गृहमा कोरोना संक्रमण फैलिएको छ । १९३ जना बालक भएका सुधार गृहमा कोरोना संक्रमण फैलिएको हो ।

हालसम्म बाल सुधार गृहका २५ जना बालकमा कोरोना संक्रमण पुष्टि भएको छ । जेठ १३ गते संक्रमितको सम्पर्कमा आएका ५० जनाको पीसीआर परीक्षण गर्दा थप २२ जनामा संक्रमण पुष्टि भएको हो । तर एकै पटक २२ जनामा संक्रमण पुष्टि भएपन त्यसपछि अन्यको भने पीसीआर गरिएको छैन ।

सुधार गृहमा जेठ २ गते एक बालकमा संक्रमण पुष्टि भएको थियो । त्यसपछि लक्षण देखिएका दुई बालकको परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?