पाल्पामा एक हप्ता निषेधाज्ञा थप

RSS
49
Shares

काठमाडौं । पाल्पामा जारी निषेधाज्ञाको समयाबधि पुनः एक हप्ता थप गरिएको छ । यही जेठ २४ गते सम्म कायम गरिएको निषेधाज्ञालाई लम्ब्याइ जेठ मसान्तसम्म पुर्‍याइएको छ ।

जिल्ला प्रशासन कार्यालयमा आज बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले बन्द वाणिज्य बैंक बिहान ७ वजेदेखि १० सम्म खोल्ने निर्णय गरेको छ । अन्य वित्तीय संस्थाका सेवा भने पूर्ण रुपमा बन्द गरिने जनाइएको छ ।

कोभिडविरुद्धको खोप लगाउने स्थान पालिकाभित्रका सबै वडामा व्यवस्थापन गर्ने र खोप लगाउने उमेर समूह ६०–६४ वर्ष भनिएकामा खोप कम उपलब्ध भएकाले ६२–६४ उमेरका लागि मात्र लगाइने निर्णय भएको समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?