नाइजेरियामा बन्दुकधारीहरुको आक्रमणमा परि ८८ जनाको मृत्यु

लोकपथ
77
Shares

काठमाडौं । बन्दुकधारीहरुको आक्रमणमा परि नाइजेरियामा कम्तीमा ८८ जनाको मृत्यु भएको छ ।

देशको उत्तर पश्चिमी क्षेत्रमा पर्ने केब्बी राज्यमा भएको घटनामा परि अरु कैयौँ घाइते पनि भएको अधिकारीहरुले जनाएका छन् । डाको–वासागु क्षेत्रमा विभिन्न आठ समुदायका उच्छृङ्खल समूहहरुबीच भिडन्त भएको प्रहरीको भनाई छ ।

घटनास्थलबाट प्रहरीले सुरुमा ६६ ओटा शव निकालेको बताएको थियो । तर पछि ८८ शव निकालिएको स्थानीय प्रहरी प्रवक्ता नाफिउ अबुबाकरले जानकारी दिए ।

थप घटना हुन नदिनका लागि सुरक्षा फौजले सुरक्षा सतर्कता बढाएको छ भने स्थानीय बासिन्दा त्रसित अवस्थामा रहेका छन् । यसअघि गत अप्रिलमा पनि सोही ठाउँमा नौ प्रहरी र दुई जना नागरिक पनि आक्रमणमा परी मारिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?