काम लगाइदिन्छु भन्दै यौन क्रियाकलाप गर्न लगाउने होटल संचालक पक्राउ

लोकपथ
462
Shares

काठमाडौं । कैलालीमा मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न एक जना पक्राउ परेका छन् ।

मावन बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा गोदावरी नगरपालिका-२ अत्तरियास्थित मिट प्वाईन्ट होटलका संचालक दान बहादुर साँउदलाई बुधवार प्रहरीले पक्राउ गरेको हो ।

साँउदले उक्त होटलमा काम लगाइदिने बहानामा २ जना महिलालाई जेठ ९ देखि १९ गतेसम्म होटलमा राखी अनैतिक क्रियाकलाप तथा शारीरिक सम्पर्क गर्न लगाउने कार्यमा संलग्न गराएको भन्ने जाहेरीको आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत कैलालीबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?