गण्डकी प्रदेश सभा बैठक स्थगित

लोकपथ
455
Shares

काठमाडौं । आज बोलाइएको गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ। मुख्यमन्त्रीले विश्वासको मत लिने सम्बन्धमा सत्ता र प्रतिपक्षबीच कुरा नमिलेपछि बैठक स्थगित गरिएको हो ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने सम्वन्धमा दलहरुबीच सहमति नभएका कारण आइतवारको प्रदेशसभा बैठक स्थगित भएको हो । मुख्यमन्त्री गुरुङले जेठ २७ गते विश्वासको मत लिने अडान लिएका छन् भने उनको प्रस्तावप्रति विपक्षीहरुले असहमति जनाएका छन् ।

विपक्षी दलहरुले मुख्यमन्त्रीले छिटोभन्दा छिटो विश्वासको मत लिएर राजनीतिक गतिरोध अन्त्य गर्ने कामा सघाउनु पर्ने अडान लिएका छन् । मुख्यमन्त्री गुरुङले अहिले प्रदेश सभामा सवैभन्दा ठूलो दलको हैसियतमा अल्पमतको सरकारको नेतृत्व गरिरहेका छन् ।

उनी बैशाख २९ गते अल्पमतको मुख्यमन्त्री बनेका थिए । अल्पमतको सरकारको मुख्यमन्त्रीले १ महिनाभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक प्रावधान छ ।

त्यस अघि बैशाख १५ गते कांग्रेस,माओवादी लगायतका दलहरुले मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेपछि गुरुङले बैशाख २७ गते अविश्वासको सामना नगरी राजीनामा दिएका थिए । त्यसपछि उनी २९ गते फेरि मुख्यमन्त्री बनेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?