काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा संवैधानिक इजलासमा सुनुवाइ शुरु भएको छ ।
सुनुवाइ शुरु भएसँगै प्रधानमन्त्री केपी शर्मा ओली निकटका कानून व्यवसायीहरुले न्यायाधीशहरुले मुद्दा हेर्न नमिल्ने भन्दै प्रश्न उठाएका छन् । त्यसमा सवालजवाफ गर्दै प्रधानन्यायाधीश राणाले संवैधानिक इजलासका न्यायाधीशहरुमाथि प्रश्न उठाउनेहरुलाई मानहानीको मुद्दा चलाउने चेतावनी दिएका छन् ।
प्रधानमन्त्री ओली पक्षका अधिवक्ता राजाराम घिमिरेसहितका कानून व्यवसायीहरुले अहिलेको इजलासमा रहेका न्यायाधीशले उक्त मुद्दा हेर्न नमिल्ने बताएका थिए । प्रधानमन्त्री ओलीलाई धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै रिट समेत दर्ता गरेका छन् ।
तर प्रधानन्यायाधीश राणाले आफूले इजलासप्रति विश्वास गर्नुपर्ने बताउँदै त्यसलाई फिर्ता लिन समेत आग्रह गरे ।
प्रधानन्यायाधीश संयमित हुनुस् यो आफैंमा गम्भिर विषय हो । तपाईहरुले इजलासको मर्यादा कायम राख्नुपर्छ । इजलास प्रतिको विश्वास तपाईहरुको कर्तब्य हो । अहिले जुन निवेदन राख्नुभो यो निवेदन अनुसार मुद्दा हेर्न सक्ने अवस्था सिर्जना भएन् । यो निवेर्दन र्फिता लानुस अन्यथा कठिन रुपमा मानहानीको मुद्दा चलाउँछु । राणाले सोधे दर्ता गर्ने कि परिणामा भाग्ने ? रिट निवेदकहरुले भनेका थिए ।
त्यसमा सवालजवाफ गर्दै प्रधानन्यायाधीश राणाले उनीहरुलाई मानहानीको मुद्दा समेत लाग्न सक्ने बताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया