संसारका सबै मानिसलाई २०२२ को अन्त्यसम्म कोरोनाविरुद्ध खोप दिनुपर्छ : बोरिस जोनसन

लोकपथ
126
Shares

काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले २०२२ को अन्त्यसम्म संसारका सबै मानिसलाई कोरोना भाइरसविरूद्धको खोप उपलब्ध गराउने प्रतिवद्धता जनाउन भनेका छन् ।

बोरिस जोनसनले विश्वका धनी सात मुलुक ग्रुप अफ सेभन (जी ७) का नेताहरूलाई सन् २०२२ को अन्त्यसम्म संसारका सबै मानिसलाई कोरोना भाइरसविरूद्धको खोप उपलब्ध गराउने प्रतिवद्धता जनाउन भनेका हुन् ।

कोरोना महामारीका कारण २ वर्षमा पहिलो पटक जी ७ का नेताहरू भौतिक रूपमा भेला हुन लागेका हुन्।

‘अर्को वर्षको अन्त्यसम्म संसारका सबै मानिसहरूलाई खोप लगाउनु मेडिकल इतिहासकै सबैभन्दा ठूलो उपलब्धि हुनेछ,’ जोनसनले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘म जी ७ का नेताहरूलाई यो त्रासदीपूर्ण महामारीलाई अन्त्य गर्न गर्न फेरि यसलाई आउन नदिने प्रतिवद्धता जनाउन आग्रह गर्दैछु।

जर्मनी, फ्रान्स, अमेरिका, इटाली, जापान, युरोपियन युनियन र क्यानडाका नेताहरूको तीन दिने सम्मेलन दक्षिण पश्चिम बेलायतको कोर्नवालमा शुक्रवारदेखि हुँदैछ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?