कोरोना संक्रमितमा देखिएको कालो ढुसीको समस्या के हो ? कसरी जोगिने ? (भिडियोसहित)

लोकपथ
156
Shares

काठमाडौं – कोरोना महामारीको दोस्रो लहर खेपिरहेको नेपालमा पछिल्लो समय धेरैलाई चासो र चिन्ता थपेको एक रोग हो- म्युकोमाईकोसीस (Mucor mycosis) अर्थात् कालो ढुसीको समस्या ।

चिकित्सकका अनुसार म्युकोमाईकोसीस गम्भीर तर दुर्लभ प्रकृतिको संक्रमण हो । म्युकोमाईकोसीसको समस्याले मुख्यतया स्वास्थ्य समस्या भएका वा औषधी सेवन गरिरहेका मानिसहरूलाई असर गर्दछ । कालो ढुसी अर्थात् म्यूकरमाइकोसिसको असर कोभिड १९ को संक्रमण भएका बिरामीमा समेत देखिन थालेका कारण यसले मानिसमा त्रास फैलाएको छ ।

आँखा, नाक र अनुहार बिगार्ने कालो ढुसीको संक्रमण नेपालमा अहिले केही मानिसमा पुष्टि भएको छ। भारतसँगको सिमावर्ति जिल्लामा यो संक्रमणका कारण १० जना मानिसहरुमा समस्या देखिइसकेको छ भने एक जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ। विरलै देखिने तर गम्भीर प्रकृतिको यस रोग प्राणघातक हुनसक्ने बताउँछिन् धुलिखेल अस्पताल काभ्रेमा कार्यरत आँखा विशेषज्ञ डाक्टर टिना श्रेष्ठ ।

उनका अनुसार अनुहार, मुख, नाक, आँखा वरिपरि दुख्ने, केहिमा ज्वरो आउने, आँखा र नाक सुन्निने, रातो हुने वा दुख्ने , आँखाको ढकनी सुन्निने /ढकनी सुक्ने, धमिलो देख्ने, नाकको वरिपरिको छालाको रंग कालो हुँदै जाने, रगत बग्ने, बाक्लो सिँगान आउने, दाँत दुख्ने वा हल्लिने लगायतका समस्या देखिन्छ ।

म्यूकोर्माइकोसिस नेपालः कोभिड बिरामीका आँखा बिगार्ने घातक कालो ढुसी 'झन्डै एक दर्जन जनामा', डब्ल्यूएचओसँग औषधि माग - BBC News नेपाली

डाक्टर श्रेष्ठ सुझाउँछिन्  रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरु, कोभिड १९ उपचारका क्रममा स्टेरोइड प्रयोग गरेका व्यक्तिहरु, चिकित्सकको सल्लाह बिना एन्टिबायोटिक वा अन्य औषधीको जथाभावी प्रयोग गर्नेहरु, मधुमेह भएका वा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरुमा यो समस्या देखिने गरेको छ ।

म्यूकोर्माइकोसिस नेपालः कोभिड बिरामीका आँखा बिगार्ने घातक कालो ढुसी 'झन्डै एक दर्जन जनामा', डब्ल्यूएचओसँग औषधि माग - BBC News नेपाली

यस समस्याबाट बच्ने उपाय/रोकथामका उपायहरुबारे डाक्टर श्रेष्ठ थप्छिन् : 
-सफा र सुख्खा मास्क प्रयोग गर्ने, डिस्पोजेबल मास्कको पुनः प्रयोग नगर्ने, व्यक्तिगत सरसफाईमा ध्यान दिने ।
-नियमित रूपमा हात धुने वा सेनिटाइजरको प्रयोग गर्ने, ओसिलो स्थानमा काम गर्दा मास्कको उचित र नियमित प्रयोग गर्ने , घर बाहिर वा -फोहोरमा  काम गर्नुपरे डिस्पोजेबल पन्जाको प्रयोग गर्ने
-धेरै धुलो भएको र ओसिलो ठाउँमा नजाने
-पोभिडोन आयोडिन भएको तरल पदार्थले घाँटी र मुख कुल्ला गर्ने
-मधुमेह भएका बिरामीले सुगर नियन्त्रणमा राख्ने
-स्वास्थ्यकर्मीको सल्लाहमा मात्रै औषधि प्रयोग गर्ने

Figure 5 Dimorphic Fungi: MIG - TML & MSH MicroWeb

भिडियो हेर्नुहोस् : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?