स्वासप्रस्वासमा समस्या देखिएपछि बलिउड अभिनेता दिलीप कुमार अस्पताल भर्ना

लोकपथ
325
Shares

काठमाडौं । वरिष्ठ बलिउड अभिनेता दिलीप कुमार अस्पताल भर्ना भएका छन् । ९८ वर्षका दिलीप कुमारलाई आइतवार बिहान मुम्बईको हिन्दुजा अस्पताल भर्ना गरिएको हो ।

पछिल्लो केही दिन देखि उनको स्वासप्रस्वासमा समस्या देखिएको छ । गत महिनामा पनि दिलीप कुमारलाई चेकअपका लागि अस्पताल भर्ना गरिएको थियो । सो समय उनी दुई दिन अस्पताल बसेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?