काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा सुनुवाइका लागि संवैधानिक इजलास गठन गरिएको छ ।
आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको अध्यक्षतामा गठन गरिएको इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई रहेका छन् ।
यसअघि गठन गरिएको इजसलाका न्यायाधीशहरुमा कानून व्यवसायीहरुले प्रश्न उठाएसँगै पुनः संवैधानिक इजलास गठन गरिएको हो । आज प्रधानन्यायाधीश राणाले वरिष्ठताको आधारमा आज संवैधानिक इजलास गठन गरेका हुन् ।
प्रतिनिधि सभा विघटनविरुद्धको सर्वोच्चमा ३० वटा मुद्दा परेको छ । त्यसको सुनुवाई जेठ १३ गतेबाट शुरु गरिएपनि इवजलासमा प्रश्न उठेपछि पुनः नयाँ इजलास गठन गरि सुनुवाइ थालिएको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया