काठमाडौं । नेपाल पत्रकार महासंघले कोरोना महामारी संकटका बेला सञ्चार जगतले आचारसंहिता पालना गर्ने सम्बन्धी भिडियो सन्देश सार्वजनिक गरेको छ ।
कोरोना महामारी नियन्त्रणमा सञ्चार जगतको भूमिका महत्वपूर्ण हुने भन्दै आज संकट निवारणका लागि पत्रकारिता जगतले त्यसको भूमिका निर्वाह गर्नुपर्ने बेला भएको बताइएको छ ।
नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले आज एक भिडियो सन्देश सार्वजनिक गर्दै आचारसंहिताको ११ नं बुँदामा स्वास्थ्य संकट आउने भनिएको र त्यसका लागि पत्रकारहरु तयार रहनुपर्ने बेला आएको बताउँदै संवेदनशील बन्दै समाचार प्रवाह गर्न आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया