राजेन्द्र महतोको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमालेका १५ नेताको संयुक्त वक्तव्य

लोकपथ
84
Shares

काठमाडौं । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री राजेन्द्र महतोको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नेकपा(एमाले)का १५ जना स्थायी कमिटी सदस्यहरुले संयुक्त वक्तव्य निकालेका छन् ।

शुक्रवार उपप्रधानमन्त्री नियुक्त भएसँगै महतोले बहुराष्ट्रिय राज्य बनाउनुपर्ने धारणा सार्वजनिक गरेका थिए । यसको तिव्र आलोचना भएको छ । महतोको उक्त भनाइप्रति आपत्ति जनाउँदै एमाले बरिष्ठ नेता माधवकुमार नेपालसहित १५ स्थायी कमिटी सदस्यहरुले महतोले राष्ट्रिय हित र अखण्डता विरोधी अभिव्यक्ति दिएको बताएका छन् ।

वक्तव्यमा महतोको अभिव्यक्ति संविधानको धारा ३ मा उल्लेखित बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधितामा रहेका समान आकांक्षा र नेपाल राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आवद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो’ भन्ने व्यवस्थाको विरुद्ध रहेको ठहर पनि गरिएको छ ।

उपप्रधानमन्त्री महतोको अभिव्यक्ति स्वीकार्य हुन नसक्ने भन्दै उनको संविधान विरोधी अभिव्यक्तिबारे प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुपर्ने माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?