हेर्नुहोस् आजका टप १५ हेडलाइन्स् (भिडियोसहित)

लोकपथ
63
Shares

१. बितेको २४ घण्टामा कोरोना संक्रमणबाट ६८ जनाको मृत्यु, ५ हजार ४२ जना संक्रमित, थप ८ हजार २ सय ४३ जना संक्रमणमुक्त

२. गोर्खा सैनिकको त्याग र सेवा सम्झाउँदै प्रधानमन्त्री ओलीद्वारा नेपाललाई खोप उपलब्ध गराउन बेलायतसँग आग्रह, भारतसँगका असमझदारी हटेको भनाई, भारतीय प्रधानमन्त्रीसँग पनि भ्याक्सीन माग

३. चुनाव घोषणा गरिसकेको सरकारले मन्त्रिपरिषद् पुनर्गठन गर्नु संविधान विपरीत भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालद्वारा प्रधानमन्त्री ओलीको आलोचना, २० प्रतिशत युवालाई नीतिगत तहमा समेटिने उल्लेख

४. प्रधानमन्त्री ओली र भारतबीचको साँठगाँठ प्रष्ट देखिएको भन्दै मन्त्रिमण्डल पुनर्गठनप्रति माधव नेपालको टिप्पणी, मुलुकमा दक्षिणपन्थी शक्तिहरू उत्साहित भएको दाबी

५. उपप्रधानमन्त्री राजेन्द्र महतोको पछिल्लो अभिव्यक्ति नेपाललाई विखण्डन गर्ने भन्दा अर्को नहुने भन्दै नेता वामदेव गौतमको आपत्ति, प्रधानमन्त्रीले अनभिज्ञता प्रकट गरेकोमा अचम्मीत भएको भनाई

६. बेलैमा व्यवस्थापनमा नलागे नेपालले कोरोना महामारीका धेरै लहरहरुको सामना गर्नुपर्ने विज्ञहरुको चेतावनी, स्वाथ्य क्षेत्रका जिम्मेवार निकायहरुलाई युद्धस्तरमा तयारी गर्न सुझाव

७. कांग्रेसले कर्णाली प्रदेश सरकारमा मन्त्री बन्ने आफ्ना दुई सांसदको नाम टुंग्याएयो, सामाजिक विकासमन्त्रीमा सुर्खेतका यज्ञबहादुर बीसी र जलस्रोत तथा उर्जा विकासमन्त्रीमा जुम्लाका दिनबन्धु श्रेष्ठलाई पठाउने निर्णय
८.ओलीको सत्ताप्रतिको आशक्तिलाई महन्थ समूहले अवसरको उपयोग गरेको नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतको टिप्पणी, मधेशका खास मुद्दालाई थाति राखेर सरकारमा जाने मधेसी नेताको चरित्र अवसरवादी भएको आरोप

९. काठमाडौं महानगरपालिकाले आगामी मङ्गलबारबाट ६० देखि ६४ वर्षसम्म व्यक्तिलाई कोरोना विरुद्धको खोप दिँदै, खोप सञ्चालन गर्ने केन्द्रको नाम तोकेर पठाउन वडा खोप समन्वय समितिलाई पत्राचार

१०. काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ स्थित काँडाघारीमा पानी निकाल्न बोरिङ गर्दा प्रज्वलनशील ग्यास निस्किएपछि काम रोकियो, वैज्ञानिक परीक्षण हुन बाँकी

११. यस वर्षको विपद् जोखिम न्यूनिकरणका लागि केन्द्रदेखि स्थानीय तहसम्म छलफल शुरु गरेर प्राविधिकहरु तयारी अवस्थामा राखिएको सरकारको भनाई, विपदको समयमा खट्ने वर्गको पहिचान गरि खोप लगाउन माग

१२. नयाँ शैक्षिक सत्रका लागि जनक शिक्षाले कक्षा एकदेखि १० सम्मका लागि एक करोड ७० लाख थान पुस्तक छाप्यो, देशभर बिक्री वितरणको काम सुरु, तोकेकै समयमा विद्यालयमा पुस्तक पुर्‍याइने

१३. रोल्पा रुन्टिगढी गाउँपालिकामा कोरोना पोजेटिभ किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा इन्जीनियर पक्राउ, बोतलमा पानी भर्ने बहानामा सार्वजनिक धारामा गई करणी प्रयास गरेको जाहेरीमा उल्लेख

१४. आफ्नो फेसबुक अकाउन्ट सस्पेन्ड गरिएकोप्रति अमेरिकाका पूर्व राष्ट्रपति ट्रम्पद्वारा जुकरबर्गको कडा आलोचना, अमेरिकी नागरिकको अपमान भएको भन्दै डिनरमा नबोलाउने चेतावनी

१५. र, युथ एकेडेमीका लागि एन्फाले छान्यो १३ वर्ष मुनिका ४२ जना खेलाडी, नेपाल पुलिस, नेपाली सेना र एपीएफको एकेडेमीमा ७ /७ जना खेलाडी रहने

https://www.facebook.com/lokpath/videos/832128597720802

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?