काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।
निगमले शनिबार मध्यराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टीतेल र हवाइ इन्धन (आन्तरिक उडान) को मूल्यवृद्धि गरेको हो । प्रतिलिटर २ रुपैयाँको दरले मुल्यवृद्धि गरिएको छ ।
यससँगै पेट्रोलको मूल्य प्रतिलिटर १२५ रुपैयाँ पुगेको छ । यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १०८ रुपैयाँ र आन्तरिक तर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया